You are viewing the translated version of परियोजना हस्तान्तरण सम्बन्धी व्यवस्था.
Rule 43
परियोजना हस्तान्तरण सम्बन्धी व्यवस्था
(१) सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन भएका परियोजना ऐनको दफा ५५ को उपदफा (१) बमोजिम हस्तान्तरण गर्दा परियोजना र सोसँग सम्बन्धित घर, जग्गा, मेसिन, उपकरण तथा संरचना चालु हालतमा सम्बन्धित निकायलाई हस्तान्तरण गर्नु पर्नेछ । त्यसरी हस्तान्तरण गर्दा त्यस्तो परियोजना सञ्चालनका लागि अत्यावश्यक हुने सीप तथा प्रविधि समेत हस्तान्तरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम हस्तान्तरण भएको परियोजना तथा सोसँग सम्बन्धित वस्तुको स्वामित्व नेपाल सरकारको हुनेछ ।
(३) उपनियम (२) बमोजिम हस्तान्तरण भएको परियोजना नेपाल सरकारले निर्धारण गरे बमोजिम सञ्चालन गरिनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित लगानीकर्ताले नै सोही उपनियम बमोजिम हस्तान्तरण भएको परियोजना सञ्चालन गर्न निवेदन दिएमा सम्बन्धित निकायले परियोजनाको स्वामित्व लिई त्यस्तो लगानीकर्तासँग सो प्रयोजनका लागि परियोजना सञ्चालन सम्झौता गरी त्यस्तो सम्झौतामा उल्लिखित अवधिसम्मका लागि परियोजना सञ्चालन गर्न दिन सक्नेछ ।